Hotel Panchthar Nepco Media

आजको मौसम : यी प्रदेशमा यस्तो छ

काठमाडौँ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोसी, मधेस, र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको । देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।