Hotel Panchthar Nepco Media

काभा महिला भलिबल : नेपाल बंगलादेश भिड्दै

काठमाडौं । एनएससी काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज मंगलबार बंगलादेशको सामना गर्दैछ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा नेपालले बंगलादेशको सामना गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले सोमबार किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराएको थियो ।