Hotel Panchthar Nepco Media

जय महांकाल युवा समुहले दु:खिहरूलाई सहयोग गर्दै

काठमाडौ । भोकलाई भोजन प्यासीलाई पानी भन्ने नाराका साथ जय महांकाल युवा समुह यतिबेला सामाजिक कार्यमा लागि परेको छ ।

धादिङ जिल्लाको खानियाबास गाउँपालिका वडा नं २ झार्लाङमा अवस्थिता आर्थिक अवस्था कमजोर भएका ४० घरपरिवारलाई राहत सयोग गर्ने भएको छ ।

जय महांकाल युवा समुहले ४० बोरा चामल, ८० लिटर तेल, २०० केजी दाल, ४० केजी बेसार, ४० केजी मसला, २०० केजी चिउरा दालमोठ, ५०० प्रति कापी पेन्सिल, ८० केजी नुन, १५० जनाको लागि लत्ताकपडा, साबनु, कोलगेट , ब्रस, नङ काट्ने लगायतका सामाग्रीहरू वितरण गर्ने भएको छ ।

खानियाबास गाउँपालिका प्रमुख त्यसै गरि वडा नं २ झालार्ङको वडा अध्यक्ष लगाएतको सहकार्यमा भोलि जेठ ९ गते मंगलबार सहयोग वितरण कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त समुहलाई खाध्यान्न, लत्ताकपडा र कापी कलम वितरण कार्यक्रममा सहयोग गर्ने मनकामना माता, योगी दिपकनाथ महाराज, कलाकार एवं समाजसेवी माया थामी लगायतलाई हार्दिक धन्यवाद समेत उक्त समुहले दिएको छ ।