स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. पौडेल

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन्।

स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन्। उनले मंगलबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्।

यसअघि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले सम्हाल्दै आएका थिए।

विभागको नेतृत्वसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को निर्देशकको जिम्मेवारीसमेत सम्हालिरहेका भट्टचन अब महाशाखाको निर्देशकका रूपमा मात्रै रहनेछन्।स्वास्थ्य सेवा विभागको महानिर्देशक पद १२औँ तहको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डा. संगीता मिश्रा गएपछि स्वास्थ्य मन्त्रालयमा १२औँ तहका चिकित्सकका रूपमा डा. श्रीकृष्ण श्रेष्ठ मात्रै रहेका छन्।

‘विभागको जिम्मेवारी आजबाट सम्हालेको छु,’ डा. पौडेलले अनलाइनखबरसँग भने।डा. पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कार्यरत थिए।