पानीको बोतल लिन जाँदा बस छुट्यो, अहिले भन्छन्– भगवान्‌ले बाटो छेकेका रहेछन्

 भदौ १० गते पालुङटारबाट गोसाईँकुण्ड तीर्थयात्रा जानेहरूको सूचीमा ७५ वर्षीय दाताराम देवकोटा पनि थिए । उनको अघिल्लो दिनमात्रै यात्रा निश्चित भएको थियो ।

भोलिपल्ट बिहान ४ बजे जम्मा भएर ५ बजे निस्कने पूर्वजानकारी देवकोटाले पाए । पोका–पन्तुरा मिलाउँदैमा रातको १ बज्यो ।