भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनामा सहयोग पुर्याउने उद्देश्यले विराटनगरस्थित शिक्षादीप कलेजले १२ लाख ५१ हजार रुपैयाँ प्रदान गरेको छ।
कलेजले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बाढी प्रभावितका लागि आवश्यक राहत तथा पुन:स्थापनाका कार्यमा योगदान गर्ने उद्देश्यले कलेज र विद्यार्थीको पहलमा सहयोग संकलन गरिएको कलेजका अध्यक्ष भीम पराजुलीले बताएका छन्।
सहयोग रकमसम्बन्धी भौचर कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, अध्यक्ष पराजुली तथा विद्यार्थीले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालालाई हस्तान्तरण गरेका हुन्।
कलेजले विपद्बाट प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्न संस्थागत तथा विद्यार्थीस्तरबाट सहयोग परिचालन गरेको जनाएको छ।































