प्रकाशशरण महतको दावी- देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने बताएका छन्। बिहीबार शेरबहादुर देउवालाई स्वागत गर्न बिमानस्थल पुगेका महतले सञ्चारकर्मीसँग कुरा गर्दै देउवाकै नेतृत्वमा पार्टीभित्र बृहत्तर एकता हुने दावी गरे। उनले देउवालाई स्वागत गर्न देशभरिबाट पार्टीका शुभचिन्तक तथा समर्थकहरू स्वतःस्फूर्त रूपमा बिमानस्थल आएको उल्लेख गरे । अहिले अहिले नआएका नेताहरू पनि केहिदिनभित्र आउने उनले बताए।

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने बताएका छन्।

बिहीबार शेरबहादुर देउवालाई स्वागत गर्न बिमानस्थल पुगेका महतले सञ्चारकर्मीसँग कुरा गर्दै  देउवाकै नेतृत्वमा पार्टीभित्र बृहत्तर एकता हुने दावी गरे।

उनले देउवालाई स्वागत गर्न देशभरिबाट पार्टीका शुभचिन्तक तथा समर्थकहरू स्वतःस्फूर्त रूपमा बिमानस्थल आएको उल्लेख गरे । अहिले अहिले नआएका नेताहरू पनि केहिदिनभित्र आउने उनले बताए।

देउवालाई स्वागत गर्न डा.शशांक कोइराला, बिमलेन्द्र निधि लगायत कांग्रेस संस्थापनइतर समूहका नेता तथा कार्यकर्ताहरू बिमानस्थल पुगेका थिए ।