ई.प्रकाश न्यौपानेले पाए प्रगतिशील इन्जिनियरिङ संघ गण्डकी प्रदेश इञ्चार्ज

काठमाडौं । प्रगतिशील इन्जिनियरिङ संघ नेपाल गण्डकी प्रदेश इञ्चार्ज ई. प्रकाश न्यौपानेले पाएका छन्। गत चैत्र १२ र १३ गते सम्पन्न संघको १०औं केन्द्रीय अधिवेशन गण्डकी प्रदेश इञ्चार्ज ई. न्यौपानेले पाएका हुन् ।

१०औं केन्द्रीयबाट केन्द्रीय सदस्यमा निर्वाचित न्यौपानेलाई मंगलबार बसेको संघको केन्द्रीय पदाधिकारी बैठकले सो जिम्मेवारी दिने निर्णय गरेको हो। लमजुङको राईनास नगरपालिका-१ निवासी न्यौपाने हाल नेकपा एमाले लमजुङ जिल्ला कमिटीका सदस्य हुन् ।

पेशाले इन्जिनियर रहेका न्यौपाने लामो समयदेखि प्राविधिक क्षेत्रको संगठनात्मक विकासमा सक्रिय छन् ।