मेलम्चि जिरोकिलो खोल्चा जङ्गलमा एक पुरुष मृत अबस्थामा

काठमाडौ । पाँचखाल-४ जिरोकिलो स्थित मेलम्चि जिरोकिलो सडक खण्डबाट अन्दाजी ५० मिटर तल बिराजे खोल्चा जङ्गलमा एक पुरुष अन्दाजी(२५-३५ बर्ष देखिने) मृत अबस्थामा भेटिएका छन् । मुख र छातिमा फलामको तारले रुखमा बाधिँ ज्वलनशिल पदार्थ प्रयोग गरि आगो लगाएको अबस्थामा मृत लाश फेला परेको प्रहरीले जनाएको छ । घटना २०/२२ दिन अगाडि घटेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।