Hotel Panchthar Nepco Media

निगमद्वारा ग्राउन्डेड जहाज बेच्न टेन्डर आह्वान

काठमाडौं । सरकारले चीनबाट ल्याइएका ग्राउन्डेड जहाज कबाडीमा बेच्न टेन्डर आह्वान गरेको छ ।

नेपाल वायु सेवा निगमले बुधबार सूचना प्रकाशित गरी जहाज बिक्रीका लागि टेण्डर आह्वान गरेको हो ।

मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या आएपछि ग्राउन्डेड अवस्थामा रहेका पाँच चिनियाँ जहाज कबाडीमा बेच्न टेन्डर आह्वान गरिएको हो ।

२०६९ सालमा सरकारले दुर्गम क्षेत्रमा उडान गर्न ६ वटा जहाज चीनबाट ल्याएको थियो ।