काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
वायुको प्रभावका कारण मुलुकका केही भूभागमा आज सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।
विभागका अनुसार अहिले बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सफा रहेको छ ।