काठमाडौं । दसैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ ।
शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो ।
दसैँको अवधिमा काठमाडौँ उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।
अनलाइनबाट पनि टिकट बुकिङ गर्न सकिने यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।