प्रहरी महानिरिक्षक कुवँर नेतृत्वमा प्रहरी अधिकारीहरू काेरिया जाने

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुँवर दक्षिण कोरियाको भ्रमणमा जाने भएका छन ।

प्रहरीका महानिरीक्षक कुँवरको नेतृत्वमा उच्च प्रहरी अधिकारीसहित कोरिया भ्रमणमा जान लागेका हुन ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को निमन्त्रणामा प्रहरी टोली साइबर सुरक्षाको विषयमा बुझ्न साताव्यापी भ्रमणमा जान लागेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

महानिरीक्षक कुवँर नेतृत्वको टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकाराज खनाल र फणिन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री र नवीन्द्र अर्याल रहने जनाईएको छ । साथै, सो भ्रमण टोलीमा गृहमन्त्रालयका केही कर्मचारी पनि समावेश हुनेछन् ।

कोइकाले नेपाल प्रहरीको साइबर ब्युरोको भवन बनाउने प्रक्रिया अघि बढाईरहेको बेला यो भ्रमणलाई महत्वका साथ हेरिएको छ ।