गुल्मपतिको अवस्था अझै अज्ञात

काठमाडौ । चार दिनदेखि सम्पर्कविहीन रहेका डोल्पा, नन्द बक्स गुल्मका गुल्मपति सेनानी विमल पण्डित अझै सम्पर्कविहीन नै छन्।

आइतबार साँझ करिब ५ बजेदेखि सम्पर्कविहीन रहेका उनको अवस्था यकिन हुन नसकेको डोल्पाका प्रहरी प्रमुख डिएसपी शिव बुढाथोकीले जानकारी दिए।

काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका, डाँछी घर भएका उनी ब्यारेकबाट साथीसँग बाहिर निस्किएका थिए।

अंगरक्षक नलिई निस्किएका पण्डित बेपत्ता हुनुपर्ने कारण पनि पत्ता लाग्न सकेको छैन।