Hotel Panchthar Nepco Media

बालुवाटारमा शिर्ष दलको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध हटाउनका लागि प्रमुख दलका शिर्ष नेताहरु पुनः छलफलमा बस्ने भएका छन् ।

सुन प्रकरणमा छानबिन समिति बनाउने बिषयमा हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षबिहिन भएपछि थप छलफलका लागि आज पुनः बैठक बस्न लागेका हुन ।

जस अनुसार आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसिरहेको छ।

प्रतिनिधिसभा बैठक ३ बजे बस्नु अघि प्रमुख दल बिच सहमति जुटाउने प्रयास स्वरुप सो बैठक बोलाईएको हो ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देबराज घिमिरे,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल एमालेका नेता केपी ओली उक्त बैठकमा रहने छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने एमालेको मागलाई सत्तारुढ दलले अस्विकार गरेपछि गत १२ साउन देखी नै संसद अबरुद्ध हुदैँ आएको छ ।

आजको बैठकवाट निष्कर्ष निकाल्ने अपेक्षा शिर्ष नेताहरुले गरेका छन् ।