काठमाडौं। आजदेखि काठमाडौँमा हिन्दी सिनेमा नचल्ने भएका छन् ।
बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रतिबन्ध लगाएपछि हिन्दी सिनेमा नचल्ने भएका हुन ।
‘भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले ३ दिन पहिले हटाउन आव्हान गरेको थियौँ,’ शाहले भने, ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देश भित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि (आज) देखि निषेध गरिएको छ ।’