रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको थुनछेक इजलासले विहीबार रविलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

इजलासले ६५ लाख धरौटी लिएर छाड्न आदेश दिएको छ ।