न्यायाधीशसँग रविले भने- बाहिर बसेर मुद्दा लड्न पाउँ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न न्यायाधीशसँग आग्रह गरेका छन् ।

बिहीबार जिल्ला अदालत कास्कीमा न्यायाधीश नितिज राईसँग पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफूलाई तारेखमा छाड्न अनुरोध गरेका हुन् ।

आफू सहकारीपीडितको पक्षमा रहेको बताउन्दै बचतकर्ताको बचत फिर्ता ल्याउन पहल गर्ने बताए । उनले भने, ’पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु,। बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस् । गृहमन्त्री हुँदा पनि शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन ।’