काठमाडौं । नेकपा (एमाले) बाट निकालिएका नेता भीम रावलले विकल्पको बाटो हिँड्न बाध्य भएको बताएका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेले सदस्यबाट हटाएपछि रावलले एमालेभित्र केपी शर्मा ओलीका गुटबाट आफूले विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताएका हुन्।
‘देशभक्त मूल्य र मान्यतामा हिँड्नेहरू केपी ओली गुटको कोपभाजनमा पर्न थाले। यस्तै कोपभाजनामा पारेर निरंकुश र अन्यायपूर्ण किसिमले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यका रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन। र आज देश र जनताको सर्वोपरी हितका खातिर विकल्पबाट हिँड्न बाध्य भएको छु’, उनले भने।































