बैतडी जिल्लामा भूकम्प गएको छ । सिगास गाउँपालिका न्वाघर क्षेत्रमा आज बिहान ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु न्वाघर क्षेत्र रहेको छ। केन्द्रले दिएको जानकारी अनुसार यो स्थानीय म्याग्निच्युड ४.६ को भूकम्प हो।
त्यस क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। भूकम्प मापन केन्द्रले थप विवरणका लागि अनुसन्धान गरिरहेको जनाएको छ।































