सहकारी पीडितबाट कुटिने डरले पोखराबाट भागे रास्वपा कार्यकर्ता

काठमाडौं । सहकारी पीडितबाट कुटिने डरले पोखराबाट रास्वपा कार्यकर्ताहरु भागेका छन् ।

सुर्यदर्शन सहकारीका पीडितहरुले पोखराको माहोल थप अशान्त पार्न खोजे एक एकलाई कुट्ने जनाउ दिएपछि रास्वपा कार्यकर्ताहरु पोखरा छोडेर हिँडेका हुन् ।
रास्वपा सभापति रवि लामिछाने सुर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा पुग्दा कार्यकर्ताहरु पोखरामा भेला भएर दिनहुँ प्रदर्शन गरेका थिए । एकातिर काठमाडौंमा जीबी राईले रविको पोल खोल्ने पत्र पठाएको हल्ला चल्नु र अर्कातिर सहकारी पीडितहरुले चेतावनी दिनु सँगसँगै भएपछि एक दुई जना केन्द्रीय नेता बाहेक सबै रास्वका कार्यकर्ताहरु पोखरा छोडेर भागेका हुन् ।

पोखराका एक स्थानीय अभियन्ताका अनुसार पोखरामा केन्द्रीय सदस्य ज्वाला संग्रौलासहितका एकाध नेताहरु बाहेक सबैले पोखरा छोडेका छन् । उनले भने, ‘यतिका दिन प्रदर्शन हुँदा पोखराबाट रास्वपामा आवद्ध कुनै पनि नेता कार्यकर्ता प्रदर्शनमा सहभागि भएनन् । कारण सहकारी पीडित आफ्नै दाजुभाइ, काका, भान्जा भतिजाहरु छन् । भोलि उनीहरुका अगाडि कसरी मुख देखाउनु भनेर कोही बाहिर निस्किएनन् । सबै बाहिरबाट आएकाहरुले प्रदर्शन गरिरहेका थिए । उनीहरुलाई पनि पीडितहरुले ठटाउने चेतावनी दिएपछि भाग्न बाध्य भए ।