काठमाडौं। भक्तपुरको हनुमन्ते खोलामा जलसतह सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह नजिक पुगेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।