नवलपरासी । भगवान गौतमबुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीमा अवस्थित रामग्राम स्तूपको चौतर्फी विकासका लागि गठित रामग्राम विकास समिति ९कोष०ले पूर्णता पाएको छ ।
रामग्राम नगरपालिकाका प्रमुख पदेन संयोजक रहेको कोषमा विभिन्न विधाबाट चयन गरिने अन्य चार विज्ञ सदस्यलाई मनोनयन गरिएसँगै कोषले पूर्णता पाएको हो ।
स्थानीयवासीले रामग्राम स्तूपसँग सम्बन्धित अन्य स्थानको विकासका लागि रामग्राम विकास कोष बनाउन गरेको माग रामग्राम नगरपालिकाको नगरसभाद्वारा ‘रामग्राम विकास समिति ऐन, २०८०’ पारित गरिएको थियो । सो ऐनअनुसार अन्य सदस्यको मनोनयन गरि पूर्णता प्रदान गरिएको नगरप्रमुख धनपत यादवले जानकारी दिनुभयो । उक्त समितिमा कैलाश ठाकुर, नारद यादव, रामप्रसाद पाण्डे र बेचु गौडलाई मनोनयन गरिएको हो ।
डेढ दशकदेखि स्थानीय सङ्घसंस्थाले माग गरे अनुसार रामग्राम विकास समिति ९ कोष०ले पूर्णता पाएको छ ।