श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख जरिवाना तिराएको छ ।

उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि जरिवाना गरिएको हो ।

तेलको गुणस्तरका विषयमा गुनासो आएपछि महानगरपालिकाले असार ७ गते विवरण माग भएको थियो ।

माग गरिएको विवरणमा तेलमा प्रयोग हुने कच्चा पदार्थको प्राविधिक समिश्रणको विधि ९फर्मुलेसन, रेसपी मेथड०को कागजात प्राप्त हुन सकेको थिएन ।