काठमाडौं । सौर्य एयरको विमान दुर्घटना पछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।
आज बिहान ११ बजे तिर काठमाडौंबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमानै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो ।
दुर्घटना भएको झण्डै दुई घन्टापछि सञ्चालनमा आएको छ ।