काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार ओलीलाई आइतबार प्रधानमन्त्री नियुक्त गरेका थिए । कांग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा नियुक्ति भएका हुन् ।
०७९ मंसिरमा आमनिर्वाचनपछिको डेढ वर्षमा चौथोपटक सत्तासमीकरण फेरिँदा प्रमुख प्रतिस्पर्धी दल कांग्रेसको समर्थन र अगुवाइमा ओली प्रधानमन्त्री बनेका छन् । जननिर्वाचित संसद् विघटन प्रकरणमा सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्रीबाट बहिगर्मन गरिदिएको तीन वर्षपछि उनी पुनः प्रधानमन्त्रीको कुर्सीमा पुगेका हुन् ।
नवनियुक्त मन्त्रीहरू:-
१ केपी शर्मा ओली : प्रधानमन्त्री
२ प्रकाशमान सिंह : उपप्रधान तथा सहरी विकासमन्त्री
३ विष्णु पौडेल : उपप्रधान तथा अर्थमन्त्री
४ पृथ्वीसुब्बा गुरुङ : सञ्चार तथा सूचना मन्त्रालय
५ रमेश लेखक : गृहमन्त्री
६ शरतसिंह भण्डारी : श्रम तथा रोजगार
७ आरजु राणा देउवा : परराष्ट्रमन्त्री
८ नवलकिशोर साह सुडी : महिला बालबालिका
९ बलराम अधिकारी : भूमि व्यवस्था तथा सहकारी
१० दामोदर भण्डारी : उद्योग वाणिज्य तथा आपूर्ति
११ देवेन्द्र दाहाल : भौतिक पूर्वाधार तथा यातायात
१२ तेजुलाल चौधरी : युवा तथा खेलकुदमन्त्री
१३ प्रदीप यादव : खानेपानीमन्त्री
१४ प्रदीप पौडेल : स्वास्थ्यमन्त्री
१५ अजय चौरसिया : कानुन न्याय तथा संसदीय मामिला
१६ बद्री प्रसाद पाण्डे : पर्यटनमन्त्री
१७ रामनाथ अधिकारी : कृषिमन्त्री
१८ विद्या भट्टराई : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री
१९ मानवीर राई : रक्षामन्त्री
२० दीपक खड्का : जलस्रोत तथा ऊर्जामन्त्री
२१ राजकुमार गुप्ता : संघीय मामिला तथा सामान्य
२२ ऐनबहादुर शाही ठकुरी : वन तथा वातावरणमन्त्री