सबैभन्दा बढी केपी ओलीले झुक्याए : प्रधामन्त्री प्रचण्ड 

काठमाडौं ।  प्रधानमन्त्री प्रचण्डले सुशासनसँग डराएर कांग्रेस र एमालेले अँध्यारो कोठामा सहमति गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफुलाई सहमति भएको भोलिपल्टसम्म पनि एमाले अध्यक्ष केपी ओलीले झुक्याएको बताए ।

अखबारमा सहमतिको तस्वीरसहित समाचार आउँदा समेत आफुलाई झुक्याएको  प्रधानमन्त्री प्रचण्डले लगाए।

प्रधानमन्त्री प्रचण्डले ठूलो वा प्रमुख दलका हैसियतले कांग्रेसलाई विश्वासले जोड्नु पर्नेमा एमालेले आफ्नो सरकारबाट खुट्टा झिकेर धोका दिएको आरोप  लगाए ।