काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना यात्रु रहेका बताइएको छ।
दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्दार कार्य जारी गरेको छ ।
आज बिहान ३ः३० बजे काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् ।































