काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँको दरले निगमले बढाएको हो
निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ, भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।बढेको मुल्य आजै राति १२ बजेदेखि लागू हुने छ ।