एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को संसदीय दलको बैठक संसद् भवन आज बस्ने भएको छ ।
एमालेले आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल गर्नुका साथै सांसदका काम कारबाहीको समीक्षा गर्ने जनाएको छ ।

यस्तै संसदीय समितिहरुमा कसरी प्रस्तुत हुने तथा समितिमा रहेका विचाराधीन विधेयकहरूको सन्दर्भमा समेत एमाले संसदीय दलले छलफल गर्ने बुझिएको छ।