Hotel Panchthar Nepco Media

तेस्रो “AMIN राष्ट्रिय म्युजिक अवार्ड-२०८१” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौं । नेपाल संगीत उधोग संघको आयोजनामा हुन लागेको तेस्रो संस्करण “AMIN राष्ट्रिय म्युजिक अवार्ड९२०८१” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाली गीत, संगीत र संस्कृति संरक्षणको अभियान, ब्यवसायीक एकता सहितको हाम्रो पहिचान भन्ने मुल नाराका साथ हुन लागेको ‘अथक शान्त साधक विश्वनाथ केडिया’ तेस्रो संस्करण “AMIN राष्ट्रिय म्युजिक अवार्ड९२०८१” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाली संगीत उद्योगमा समपिर्त श्रष्ट्रा, सर्जक, प्रस्तोता, उत्पादक तथा उद्योगी व्यवसायीहरुले यस क्षेत्रमा पुर्याउनु भएको योग्दानको उच्च कदर गर्दै उहाँहरुलाई सम्मान गर्नु आजको आवश्यकता महशुस गरेर अवार्डको आयोजना गरिएको संघका अध्यक्ष सुर्य बहादुर मगरले बताए । उनले भने, ‘नेपाली संगीत उद्योगमा समर्पित श्रष्ट्रा, सर्जक, प्रस्तोता, उत्पादक र उद्योगी, व्यवसायीहरुले यस क्षेत्रमा पुर्याउनु भएको योग्दानको उच्च कदर गर्दै उहाँहरुलाई सम्मान गर्नको लागि अवार्डको आयोजना गरेका हौँ ।’

त्यस्तै, आधुनिक गीत, लोक गीत, पप गीत, पुर्वेली लोक गीत भाषा भाषीको गीतहरु र राष्ट्रिय भावका गीत गरेर २९ विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको कार्यक्रम संयोजक जानकी थापा मगरले बताईन् । उनले भनिन्, ‘हामीले अहिलेको प्रविधिलाई आत्मासाथ गर्दै २९ विधाका उत्कृष्ट पाँचमा मनोनयन पर्नु भएकाहरुको नाम डिजिटल माध्यमबाट सार्वजनिक गरेका र्छौ ।’

नयाँ वर्ष २०८१ को सु-अवसरमा तेस्रो संस्करण “AMIN राष्ट्रिय म्युजिक अवार्ड-२०८१” को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको र ग्राण्ड फिनाले कार्यक्रम बैशाख १९ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुन लागेको संघका महासचिव जीत बहादुर रावतले जानकारी दिए ।

आधुनिक गीत, लोक गीत, पप गीत, भाषा-भाषीलगायतका विभिन्न विधामा रहेर गत फागुन ३ गते बिहीवार तेस्रो संस्करण “AMIN राष्ट्रिय म्युजिक अवार्ड-२०८१” को फाराम खुल्ला गरिएको थियो ।

उत्कृष्ट पाँच मनोनयनकाे सूची

१.सर्वोत्कृष्ट भिडियो सम्पादक

१. विरेन्द्र भाट (विपिन) -सारङ्गीत रेटे पनी
२. रविन वि.क -म मरेर के भो
३. मिराज अर्याल ब-न्दी पुरैमा
४. नबिन घर्ती मगर -रिमै
५. मेघराज मगराती -रस रस धायरी रस

२.सर्वोत्कृष्ट छायाँकन

१. बिजय महर्जन -डेके वोम्हा मयजु
२. सुमन थापा -कस्ती रैछु कुन्नी
३. केशभ अधिकारी -हाँसी हाँसी बिदा देउ
४. महेश महरा -झल्लरी रुमाल
५. सरोज साही -छैन मन यो बसमा

३. सर्वोत्कृष्ट भिडियो निर्देशक

१. प्रविन थापा -रुन्न भन्दा भन्दै
२. जगनाथ बस्याल -घाइते मुटु
३. काजिश श्रेष्ठ -तिमी र म जाम मायाँ घुम्न
४. मनी तामाङ -कान्छी
५. दिपेन्द्र प्रकाश के.सी -नजाने भो हाम्रो दुःख

४. सर्वोत्कृष्ट एरेन्जर

१. मनोज थापा मगर -बगी जाने सल्ला
२. कृष्ण लामिछाने -जुगउ जुग
३. डोलराज बाह्र घरे मगर -पट्ठकोकी झोर्ले
४. कृष्ण के.सी -तिमी नबोलेकै राम्रो
५. चेतन गोतामे -निर्मोही

५.सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
१. मान बहादुर विश्वकर्मा -विहानी उषा
२. डा. आशा ब.तामाङ -हे वीर जाती जन्माउने
३. भद्र वली पक्कै -अब बन्छ साक्षर नेपाल
४. हरी गोपाल प्रधान -चन्द्र सुर्य
५. निरज कुमार -कहिले राम्रो धानको बाला

६.सर्वोत्कृष्ट पन्चेबाजागीत

१. लक्ष्मी रेग्मी -बुढेसकालले छुन्छ
२. हेमन्त खरेल -रामलाई रानी
३. प्रियंका नेपाली -बुढेसकालले छुन्छ
४.डोलराज परियार -बाग्लुङ ढोर पाटन
५. शिवजी परियार -बुढेसकालले छुन्छ

७.सर्वोत्कृष्ट सालैजो गीत

१. दिपेन्द्र आले -कस्की छोरी
२. रामबहादुर रसाइली -अभिजाले मायाँ
३. युवराज मगर -सालीज्यु अचम्मै मन प्यो
४. दिप सागर थापा मगर -पिढिंमा बसेर पलेटी कसेर
५. सुदिप सिंजाली मगर -रिमै

८. सर्वोत्कृष्ट मगर गीत

१. सुदिप सिंजाली मगर -झुमारानी (जिबैमामा)
२. मनोज थापा मगर -साली भेना
३. पवन राना मगर -हीछानचले
४. सिद्धार्थ आले मगर -साली
५. रंजिता थापा मगर -सेनीना सेनी

९.सर्वोत्कृष्ट देउडा गीत

१. निरज कुमार सुनार -झुप्पातोम्रै मायाले
२. अशोक कुमार सिंङ -राराको काषमा
३. निरज कुमार सुनार -सम्रै लागी आज
४. महेश कुमार अउजी -लैजा परान
५. निरज कुमार सुनार -लैजाउ रुमाल

१०.सर्वोत्कृष्ट गायकतामाङ गीत

१. सुबास तामाङ -छेवर गीत
२. सन्जिब घिसिङ सोन्बो -हङ्कङ् बजारला
३. जगत कुमार थिङ् -च्याङबाले मन परायो
४. अर्पन थिङ् तामाङ् -चु तिङ
५. अशोक मोत्तान -आङ्ंगिला जामेसे ङाला सेम

११.सर्वोत्कृष्ट तामाङ गीत

१. राम सिंङ तामाङ (प्रबलथिङ) -भेटैमा भयो
२. कर्मा वाङ्गेल -पाइन छाता कुशी
३. निर्मला लामा -एलामिरी मिख्ली
४. दावा डोल्मो तामाङ् -जान्छु रेलैमा
५. कृष्ण तामाङ् -नोब नोब जुत्ता तक तक हिल

१२.सर्वोत्कृष्ट गायक (पुर्वेली-काठे)

१. सन्तोश तिवारी -बाचुन्जेल सम्म
२. राजेश पल लिम्बु -ए कान्छी तिमी
३. सुक्रराज लिम्बु -मन्ले खाको सोल्टीनिलाई
४. दिपक लाखे -चोखो मायाँ लाउं साईला
५. रमेश शिवाकोटी -मायाँको पोको

१३.सर्वोत्कृष्ट मोडल पुरुष –नव (लोक गीत)

१. कमल निराजन -साउदीको जेल
२. चिरन्जी गीरी -कस्तो मायाँ
३. राम प्रसाद पौडेल -मेरी आमा
४. शंकर क्षेत्री -झ्याम्मै प्यो रुख
५. टेकु खत्री -कर्म हाराले

१४.सर्वोत्कृष्ट मोडल महिला-नव (लोक गीत)

१. सुस्मिता खत्री गुल्मी -जिल्ला ईश्मा दरवार
२. नारायणी खत्री -बन्दुक एकनाले
३. आशा भट्टराई -मलमलको पछ्यौरी
४. ममता राना मगर -पानी गंगाको
५. अम्रिता पुन मगर -कठोर तिम्रो मन

१५.सर्वोत्कृष्ट मोडल महिला -नव (आधुनिकगीत)

१. झरना नेपाल -कठपत्याको ठन्डा पानी
२. रश्मी श्रेष्ठ -गासेर प्रीती
३. मनिशा थापा -अरब पतीबाउको एक्लो छोरो
४. रिता भुषाल -मिरमिरेमा मिरमिरेमा
५.मायाँ उपरकोटी -निर्मायाँको नझुकोस

१६.सर्वोत्कृष्ट गायक पुरुष –नव (लोक गीत)

१. सचिन भट्टराई -छायाँ सीसाको
२. सुवास विश्वकर्मा -मेरो मेरो भन्थिस्
३. डोल राज परियार -के छ कमली
४. नारान पौडेल -मैना चरीलाई
५. सुन्दर खनाल -ढुङ्गे धारा पानी

१७. सर्वाेत्कृष्ट गायक पुरुष –नव आधुनिक गीत

१. पवन वान्तवा राई -मनपर्ने एउटै फुलहो
२. टेकमान घलान -मायालाई सलाम
३. श्रेया अगस्ति -अस्तित्व
४. सुवाष विश्वकर्मा -मेरो मेरो भन्थिस
५. योकतुम्बा रमेशराज -लिम्बु सम्झना आउछ तिम्रो

१८. सर्वाेत्कृष्ट गायिका महिला –नव (आधुनिक गीत)

१. सुनिता कार्की -पर्खिदा पर्खिदै
२. निता आचार्य -चुप चाप
३. मुना थटेल सरगम -तिम्रो आउने पालो
४. ममता गुरुङ्ग -सँग संगैँ
५. स्वस्तिका सौडेन -उडायो उडायो मन मेरो

१९. सर्वाेत्कृष्ट गायिका महिला – नव (लोकदोहोरी गीत)

१. पार्वती थापा मगर -जुग जाने माया
२. सुमि पराजुली -चुम्मा चपक्कै
३. सविना बुढा मगर -कलधारा पानीको
४. बविता वानिया (जेरी) -हाम्रो नी मन त हो नि
५. विन्दु वि.सि. -फुलबारीमा गेट

२०. सर्वाेत्कृष्ट मोडल महिलालोक गीत

१. उषा सुवेदी -सान्बाबु
२. सञ्चिता शाही -हितैको मायालाई
३. एलिना रायमाझी -फुलको रस छ के
४. जुना गुरुङ्ग -उजेली
५. सगुन शाही -ए पर्देशीकी निष्ठुरी हुदै छौँ कि

२१. सर्वाेत्कृष्ट मोडल पुरुष (आधुनिक गीत)

१. देवेन्द्र क्षेत्री -मायालाएर हेर
२. सनम कठायत -किन मरिन म–२
३. प्रेम बहादुर थापा -जाम सुस्तै सुस्तै वेनि बजारमा
४. आनन्द सिंह -के देख्यौ र
५. सुसान्त ढकाल -एक कदम तिमी हिड

२२. सर्वाेत्कृष्ट मोडल पुरुष (लोक गीत)

१. अश्मिक लम्साल -दुरी मजबुरी–२
२. रमेश परियार -म यसरी हारी दिन्छु की
३. कृष्ण रानाभाट -यही धर्तिमा
४. अमर ओली (लाम्बा) -सुनिरहन पाउँ सानु तिम्रै मिठो बोलि
५. किरण मगर -ढाँट्यो जिन्दगीले

२३. सर्वाेत्कृष्ट शब्द रचना (आधुनिकगीत)

१. तिब्बत दर्लामी -धोकेवाज मायालाई के दिउँ सजाय
२. कमल पुन मगर -डोली
३. दयाराम पाण्डे -सम्झना
४. धुर्व खनाल -थाहा छैन
५. डि.पि.खनाल -तिम्रो आउने पालो

२४.सर्वाेत्कृष्ट संगीत निर्देशक पुरुष (लोक गीत)

१. श्रीकृष्ण बम मल्ल -रुनलाई त हो नि मायाँ लाउने
२. जगत बहादुर घर्ती -तामानखोला
३. सुदीप परियार -वनमा मजुर
४. रुद्र बहादुर श्रेष्ठ -धरान धनकुटा भेडेटार
५. सुन्दर परियार -पुरानो घाउँ

२५.सर्वाेत्कृष्ट संगीत निर्देशक (आधुनिक गीत)

१. मिलन मोक्तान -अनायासै आँधि चल्यो
२. मनोज थापा मगर -विस्तारै विस्तारै
३. पवन वान्तुवा राई -तिमी विना
४. शंकर थापा (स्माईल) -तिम्रो आउने पालो
५. श्रृषि खडका -पिल पिल आँसु

२६. सर्वाेत्कृष्ट गायिका महिला (लोक गीत)

१. जुना श्रिस मगर -जाम सुस्तै
२. सुजिता विश्वकर्मा -चरि वनैमा
३. रेजिना परियार -रामसिता सुन्दर बजार कटेसी
४. कमला पोख्रेल -यहि धर्तिमा
५. रितिका कुवँर -हाँसी हाँसी विदा देउ

२७. सर्वाेत्कृष्ट गायक पुरुष (लोक गीत)

१. प्रकाश दुतराज -रिमै
२. जगत बहादुर घर्ति माया गर्ने मुटु
३. रामचन्द्र चन्द -मौरी जस्ति
४. दिनेश रञ्जन -पापिनिलाई बाटो खुलेछ
५. दिपेन्द्र आले -हितको पराणी

२८.सर्वाेत्कृष्ट गायक पुरुष (आधुनिक गीत)

१. पदम् राई -बाटो घुमाउरो
२. हुम गैरे -इतिहास
३. मदन घलान -सोल्टिनिको गाँउ
४. रविन्द्र राई -अन्तै तिर जाउ
५. पे्रम अर्याल -मिस वल्र्ड संग

२९. सर्वाेत्कृष्ट मोडल पुरुष (नव) आधुनिक गीत

१. आनन्द सिंह -फुल बुट्टे सारी
२. अश्मिक लम्साल -दुरी मजबुरी–२
३. पुष्पा रायमाझी -भरोसाको दियो
४. वसन्त राज गौतम -हुदैन कि हाम्रो भेट
५. सुनील लामिछाने -पुग्यो तिमि सित