काठमाडौं । सभामुख देवराज घिमिरेले परम्परागत तथा मौलिक चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व आफ्नो भएकाले चाडबाडका नाममा हुने गलत प्रवृत्तिहरूलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।
फागु पूर्णिमा ९होलीपर्व०का अवसरमा शुभकामना सन्देश जारी गर्दै विभिन्न खालका सामाजिक विकृति र विसंगतिलाई निरुत्साहित गर्नपर्ने बताएका हुन् ।
उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै होलीपर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेका छन्।