त्रिशुलीमा बस दुर्घटना : चार जनाको मृत्यु

काठमाडौं । त्रिशूली नदीमा बस दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बसमा सवार ३३ जनाको जिवितै उद्धार गरिएको छ।

धादिङको पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशुली नदीमा खसेको थियो।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ।बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।