Hotel Panchthar Nepco Media

इन्द्रेणीका सञ्चालक कँडेलको इज्जत दाउमा, गायिका श्रेष्ठद्वारा गम्भीर आरोप

काठमाडौं । लोक संस्कृति जगेर्नाका नाममा श्रव्यदृष्य मनोरन्जनात्मक कार्यक्रम ‘इन्द्रेणी’बाट चर्चा कमाएका कृष्ण कँडेलको इज्जत यतिबेला दाउमा छ । लोक भाका, बाजा र परम्परा जोगाउन भन्दै अभियान कै रुपमा मनोरन्जनात्मक कार्यक्रम ‘इन्द्रेणी’सञ्चालन गरिरहेका कँडेललाई जतिजति परोपकारको भूत चढ्दै गयो, त्यति नै उनी उन्मत्त हुँदै गएको रहस्य बाहिरिएको छ ।

उक्त रहस्यको पर्दा उठेपछि कँडेलको सामाजिक सञ्जालबाट चुलिएको इज्जत सामाजिक सञ्जाल मै उछालिएको छ । कँडेलमाथि गायिका शर्मिला श्रेष्ठले लगाएको आरोपको भिडियो भाइरल बनेको छ । भिडियोमा शर्मिलाले लोकदोहोरी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलबाट आफू मानसिक हिंसाको शिकार भएको रहस्य खोलेकी छन् ।

उनले बाद्यवाधक लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, खगेन्द्र विश्वकर्मा र गाडी चालक जीवन टण्डनसहित देखिएको भिडियोमा इन्द्रेणी कार्यक्रमका दौरान आफूमाथि मानसिक हिंसा भएको खुलासा गरेकी हुन् । कँडेल घरमै लिन गएका कारण इन्द्रेणीमा आवद्ध भएको बताएकी शर्मिलाले मानसिक टर्चरको कारण आफ्नो स्वर सुकेको बताएकी छन् ।

सुरुमा स्वर राम्रो भनेर कार्यक्रम चलाउन लगाएको, नाच्न गाउन लगाएको र पछि पक्षपात गरेर हेपाई सहनु परेको उनले बताएकी छन् । गीत गाउने मान्छेलाई नाच्न लगाइएको र स्टेज कार्यक्रममा पनि पक्षपात गरेर आफूलाई कतै पनि नलगेको उनको आरोप छ । ४(५ लाखको स्टेज कार्यक्रम आफैले डिल गर्दा पनि आफुलाई बाइपास गरेको शर्मिलाले गुनासो गरेकी छन् । उनले भनेकी छन्, ‘आयोजकले किन नआएको रु, किन ठूलो पल्टिएको रु थर्काउँछन् । तर, मेरो पीडा अर्कै छ, यताबाट मलाई कार्यक्रममा लाँदैनन् ।’ शर्मिलाले पारिश्रमिक समेत नदिएको र मानसिक टर्चर दिएको कुरा पनि खोलेकी छन् । उनको यो भिडियोपछि इन्द्रेणीका अभियन्ता एवं सञ्चालक कृष्ण कँडेलले आरोपको खण्डन गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले कसैको श्रम, सम्मानमा चोट पुग्ने तथा शोषण गर्ने कार्य नगरेको प्रष्टीकरण दिएका छन् ।

उनले भनेका छन्, ‘आज यस संस्थाका सबै कर्मचारी तथा कलाकारलाई समान व्यवहारको काम गर्दागर्दै पनि केहि कलाकार तथा कर्मचारीहरूले यस संस्था छाडी आज म तथा मैले सञ्चालन गर्दै आएको इन्द्रेणी कार्यक्रमलाई बदनाम गराउन र सिङ्गो संस्थालाई नै धराशायी बनाउन काल्पनिक र बनावटी कुरा राखी अन्तरवार्ता तथा लाइभमा बसेको र पत्रकार सम्मेलन गरेको विषयले म साह्रै दुखित छु । झुटा कुरा बोलेको विषयमा कानुनले समेत हेर्छ भन्ने विश्वास राखी म तथा इन्द्रेणीमाथि गरेका अफवाह, कपोकल्पित तथा भ्रमित समाचारहरूको विश्वास नगरिदिनुहुन इन्द्रेणीका सम्पूर्ण दर्शक श्रोताहरूलाई हार्दिक अपिल गर्दछु । साथै, कँडेलले शुक्रबार पत्रकार सम्मेलन गरेर समेत आफुमाथि लागेको आरोपको खण्डन गरेका छन् भने आफुले त्यस्तो अनैतिक हर्कत नगरेको भन्दै बचाउ गरेका छन् ।