Hotel Panchthar Nepco Media

त्रिवेणी गाउँपालिकामा लोकप्रिय वडाध्यक्ष बन्दै बिमल रावत

काठमाडौं । जबसम्म स्थानीय बिकासका कदमलाई स्थानीयकरण गर्दै तीब्र बनाइदैन तबसम्म समग्र देश बिकासमा प्रभावकारी नतिजा प्राप्त हुन नसक्ने तथ्य टेकेर केही जनप्रतिनिधिहरु अहोरात्र जनताको सेवामा लागि परेको छन् ।

अहोरात्र जनताको सेवा अहोरात्र काम गर्ने वडाअध्यक्ष हुन् विमल रावत । उनी जनताका दैनिकी समस्यासंग सँगै हुने गर्दछन् । स्थानीय तह २०७९ को निर्वाचन जितेसँगै जनताको घर आगनमा सबै जनाको समस्या, स्थानीय तहको बिकासमा कसरी फड्को मार्ने, अरु वडाहरु मध्य आफ्नो वडालाई कसरी अब्बल बनाउन सकिन्छ भनेर दिनरात खटिएका छन् ।

उनलाई स्थानीय तह त्रिवेणी गाँउपालिका वडा ५ वडाध्यक्षमा चुनाव लड्न नेपाली काँग्रेसले टिकट दिएको थियो । वडाध्यक्ष रावतलाई वडाबासीहरुले अनुशासन र मेहनत भएरै पनि उत्तिकै रुचाएका छन् । उनको कार्यक्षमता र बिकासका योजनाले गर्दा पनि उत्तिर्कै वडाबासीहरु हर्षित छन् । वडाध्यक्ष रावतको त्रिवेणी गाउँपालिका न.-५ वडालाई बनाउने गुरुयोजनाका कारण जनतासामु लोकप्रिय बन्दै गएका नेपाल संगीत उद्योग संघका केन्द्रिय महासचिव जित सागर रावत बताउँछन् ।

त्रिवेणी गाउँपालिका -५ सिम्क कार्यालय व्यवस्थापन र वडा कार्यालयमा इन्टरनेट व्यवस्था, नेपाली हरुको मौलिक धार्मिक सास्कृती संरक्षण मठ मन्दिर निर्माण, राप्ती राजमार्ग भित्री सडक ६ मिटर सडकको बिस्तार , विद्युतीकरण र पोल व्यवस्था,१ घर १ धारा खानेपानीको व्यवस्था,शैक्षिक क्षेत्रमा सुधार, स्थानीय कृषलाई बीउ बिजन वितरण, घाँस वितरण, पशु सेवामा व्यवस्था,सिंचाइ क्षेत्रमा कुला निर्माण, वडा कार्यलयबाटै चौबीस घण्टा स्वास्थ्य इकाइ सेवा खुला,सडक निर्माण, सडक सुधार, गोरेटो बाटो निर्माण, चौतारा नमिार्ण,जनता घर दैलोमा गएर जन गुनासोको सुनाइ,वृद्ध हरुको घरमा गएर भत्ता बितरण वडाबाट अनलाइन सेवा,फाइबर नेट बिस्तार, सूचना प्रवाहलगायतका कार्यहरु वडाध्यक्षको सक्रियतामा सम्पन्न भएको स्थानीय वडाबासीहरु बताउँछन् । उनी जागरूक, क्रियाशील, जनमुखी भएकै कारण स्थानीय वडाबासीको लोकप्रिय भएका हुन् ।

को हुन् वडाध्यक्ष बिमल रावत ?
वडाका जनताको सेवामा समर्पित हुँदै आएका वडाध्यक्ष रावत सल्यान जिल्लाको त्रिवेणी गाउँ पालिका वडा न.-५ गैरा सल्ले गाउमा जन्मिएका हुन् । बुवा शालिकराम रावत र आमा काली रावतको एकल छोरा हुन् विमल। लामो समय सम्म शिक्षण पेसामा पनि आबद्ध भएका रावत उनका बुवा शालिकराम रावतबाट राजनीतिमा लाग्ने प्रेरित हुन् त्रिवेणी गाउँपालीका-५का वडाध्यक्ष रावत । उनको बुबा निडर र लोकप्रिय थिए । नेपाली काँगेसमा निडर र हक्की स्वभावका खुम बहादुर खड्का जस्तै उनको बुबा शालिकराम पनि उत्तिकै निडर,हक्की र जनतामाझ लोकप्रिय थिए । वडाध्यक्ष रावत बुबाको मृत्यु पछि बुबाको राजनीति अधुरो यात्रालाई पुर्णतया दिन र राजनीतिक बिढो थाम्न काँग्रेसकै बाटो रोजे। बुबा शालिकरामको उत्तराधिकारीको रुपमा वडाध्यक्ष रावत स्थापित भए र स्थानीय तह निर्वाचन २०७९ मा वडाको नेतृत्व हात पार्न सफल भए । २०६७ सालमा नेपाली काङ्ग्रेस वडा सभापति र त्रिवेणी गाउँपालीका तरुण दल सचिवको जिम्मेवारी र्निवाह गरिसकेका वडाध्यक्ष रावतले स्नातक सम्मको अध्ययन गरेका छन् । उनी जागरूक, क्रियाशील, जनमुखी नेताका रुपमा परिचित छन् । त्रिवेणी गाउँपालिका अध्यक्ष खिम बहादुर रावत नेतृत्वमा वडालाई अन्य वडाको तुलनमा नमुना वडाको रुपमा स्थापित गर्ने तिव्र इच्छाशत्तिका साथ मैदानमा उत्रिएका लोकप्रिय वडाध्यक्ष हुन् विमल रावत ।

त्रिवेणी गाउँपालिका-५ लाई विकासोन्मुख तर्फका तस्विरहरु