एमालेको दास भएर बस्न चाँहिन,र विद्रोह गरेर हिँडे : तिलक सिर्पाइली

काठमाडौं । नेकपा (एमाले) भित्र चरम व्यक्तिवाद भएको भन्दै युवा नेताहरु पाटीमा धमाधम विद्रोह गरिरहेका छन् ।

पाटी व्यक्तिवादमा फसेको, नेतृत्वको दास हुन पर्ने कारण जनाउँदै असन्तुष्ट युवा नेताहरु फरक पाटी प्रवेश गरेर विद्रोह गरिरहेका हुन् ।

एमालेमा असन्तुष्टि जनाउर्दै युवा नेता तिलक सिर्पाइली नेकपा (एकीकृत समाजवादी) पाटी प्रवेश गरेका छन् । एमाले चरम व्यक्तिवादमा फसेको भन्दै उनी एस पार्टीमा प्रवेश गरेका हुन् । एमाले कर्णाली प्रदेश कमिटीका पूर्व सदस्यसमेत रहेका सिर्पाइली एमाले भित्रकाे चरम निराश भएकै कारण विकल्पको विद्रोह रोजेका हुन सक्छन् ।

एमालेको दास भएर बस्न नचाँहेकाले एमालेमा विद्रोह गरेर हिँडेको उनले बताए । उनले भने, ‘असली कम्युनिष्ट कार्यकर्ताका लागि एमालेमा तीन विकल्प छन् । पहिलो, नेतृत्वको दास बन्नुपर्छ । दोस्रो, भीम रावल बन्नुपर्छ र तेस्रो, विद्रोह गर्नुपर्छ । त्यसैले म एमालेको दास भएर बस्न चाँहिन, र विद्रोह गरेर हिँडे ।’

एसका महासचिव घनश्याम भुसाल, सचिवद्धय जीवनराम श्रेष्ठ र हरि पराजुली, पोलिटब्युरो सदस्य मेटमणि चौधरीलगायतका नेताहरुले सिर्पाइलीलाई पार्टीमा खादा लगाएर स्वागत गरे ।