बाल्टिनमा डुबेर जोरपाटीमा बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको जोरपाटीमा बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

गोकर्णेश्‍वर नगरपालिका–५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडूवालकी १९ महिनाकी छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शौचालयमा रहेको बाल्टिनमा डुबेर अशक्त भएकी उनको नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।