भिजिट भिसामा मानव तस्करीकाे गिराेह प्रहरीको फन्दामा

काठमाडौं । नेपाल वायुसेवा निगमका एक अधिकृत र ६ ट्राभल्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाएको आरोपमा पक्राउ गरिएको हो ।

वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेलसहित अन्ट्रा ट्रिप ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका रामप्रसाद भण्डारी, एन्ड होलिडे टुर्स एन्ड ट्राभल्सका सञ्चालक सरोजकुमार यादव, स्काई ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रोलेक्स ट्राभल्सका सञ्चालक देवराज खनाल र मञ्जरी ट्राभल्सका भक्तबहादुर थापा पक्राउ परेका छन्।

एड्भान्स म्यानेजमेन्ट मल्टिपल ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पनि पक्राउ परेका हुन् ।

पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।