ओलीले गरे मदन-आश्रितको सालिकमा माल्यार्पण

काठमाडौं । नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले रामेछापको मन्थलीस्थित मदन (आश्रितको सालिकमा माल्यार्पण गरेका छन्।

एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा मन्थली पुग्नुभएका ओलीले आज बिहान मदन भण्डारी स्मृति पार्कमा रहेको उहाँहरूको सालिकमा माल्यार्पण गरेका हुन्।

मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा आज पुष्पलालको जन्मथलो रामेछापबाट सिन्धुली हुँदै कोशी प्रदेश प्रवेश गर्दै छ ।