एनसेल सेयर खरिद-बिक्री प्रकरण छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन

काठमाडौं । सरकारले एनसेलको सेयर खरिद बिक्री प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

उच्चस्तरीय समितिका सदस्यहरूमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, रितेशकुमार शाक्य, आईक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन् ।

समितिलाई यो प्रकरणको अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यादेश दिइएको बताइएको छ ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेको थियो ।