नेपालीलाई रुसी सेनामा पठाउने म्यानपावर सञ्चालकसहित १२ जना पक्राउ

काठमाडौं । नेपाली युवालाई रुसी सेनामा भर्ती गराउन लगेको आरोपमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली युवालाई भारत, युएई हुँदै रुससम्म पुर्‍याएको आरोपमा उनीहरूलाई जिल्ला प्रहरी परिसर,काठमाडौंले पक्राउ गरेको हो ।

पक्राउ परेकामध्ये सुजाता दाहालको साथबाट २७ र ईश्वर अधिकारीको साथबाट १६ वटा राहदानीसमेत बरामद गरिएको छ ।

अनुसन्धान अधिकृतहरूका अनुसार, सुजाताले रुस पठाउन भिसा प्रोसेसिङका लागि मात्र आफूले सहयोग गर्ने गरेको बयान दिएकी छन् ।

पक्राउ परेकामध्ये उदयपुर,कटारीका हरिबहादुर विश्वकर्मा प्रकरणका मुख्य आरोपी रहेका छन् । उनी म्यानपावर सञ्चालकसमेत हुन् ।