Hotel Panchthar Nepco Media

आजको मौसम कस्तो छ ?

काठमाडौं । केही दिनदेखि नेपालमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

जसका कारण अघिल्ला दिनहरूमा भन्दा बढी चिसो महसुस भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज बिहान मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको बाँकी पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।