काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार संयुक्त अरब इमिरेट्स ९यूएई० तर्फ जाने भएका छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप–२८) को २८औँ सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यूएईको दुबईमा ३० नोभेम्बरदेखि १२ डिसेम्बरसम्म हुने कोप–२८ को २८औँ सम्मेलन सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।
साथै डिसेम्बर १ देखि २ सम्म हुने जलवायु शिखर सम्मेलनको उच्चस्तरीय बैठकमा पनि प्रधानमन्त्री सहभागी हुनेछन् ।