Hotel Panchthar Nepco Media

सडक महोत्सव रजत जयन्तीका रूपमा मनाइँदै

पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा प्रत्येक वर्ष मनाउँदै आइएको सडक महोत्सवलाई यस वर्ष रजत जयन्तीका रूपमा मनाइने भएको छ ।

अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आइएको सडक महोत्सव २५ वर्ष पुगेसँगै यस वर्ष भव्य तयारीका साथ रजत जयन्तीका रूपमा मनाउन लागिएको हो ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन ९रेवान० पोखराले नयाँ वर्षको स्वागतार्थ प्रत्येक वर्ष यस्तो महोत्सव सञ्चालन गर्दै आएको छ ।

पोखराको पर्यटन प्रवर्द्धनका लागि गरिँदै आइएको सडक महोत्सवलाई रजत जयन्तीका रूपमा मनाउने तयारी भइरहेको आयोजक संस्था रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए।