Hotel Panchthar Nepco Media

प्रहरीमाथि ढुंगामुढा हान्ने दुर्गा प्रसाईंका समर्थक पाँच पक्राउ

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँको विभिन्न ठाउँबाट दुर्गा प्रसाईंको अभियान समर्थकहरू पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीमाथि ढुंगामुढा गर्ने प्रदर्शनकारीहरूलाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बिहीबार बल्खुमा भएको कार्यक्रममा प्रसाईंका कार्यकर्ताहरूले निषेधित क्षेत्र तोड्न खोजेका थिए ।