दुर्गा प्रसाईंको प्रदर्शनका लागि तिनकुनेमा अनुमति छैन : प्रशासन

कार्यालय काठमाडौँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको जनाएको छ।

कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा बिथोल्ने मनसायले कार्यक्रम तालिका सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति प्रदान नगरिएको जनाएको हो।

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानून विपरीतका गतिविधि गरेमा कानून बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ।