पूर्व राजालाई बस्नेतको प्रश्न : निर्मल निवासमा बस्न मन छ कि छैन?

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले निर्मलनिवासमा पनि बस्न मन नभए मात्रै पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंको पछि लाग्न भनेका छन् ।

काठमाडौंको तीनकुनेमा आयोजित युवा संघको शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

बस्नेतले भने,‘ज्ञानेन्द्र तिमीलाई निर्मलनिवासमा बस्न मन छ कि छैन,’ ‘छैन भने दुर्गाको पछि लाग । हामी सबै धर्मावलम्बीहरूको सम्मान गर्छौं ।’

बस्नेतले आफूहरुको आन्दोलन परिवर्तनको रक्षाका लागि भएको बताए । बस्नेतले अहिले विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनमाथि चुनौति खडा गर्ने प्रयास प्रतिगामी तत्वबाट हुन खोजेको भन्दै त्यसकोविरुद्ध आफूहरुको आन्दोलन केन्द्रित रहेको बताए ।

कथित राजतन्त्रवादीहरु गणतन्त्र ढाल्ने हल्ला गरेको र दुर्गा प्रसाई जस्ता मान्छेलाई अघि सारेर अनावश्यक बहस सिर्जना गर्न खोजेको उनको भनाइ छ ।