विपिन हमासको नियन्त्रणमा भएको पुष्टि, छुटाउन पहल हुदैं

एजेन्सी । इजराइली डिफेन्स फोर्स आईडीएफले हमासले बन्धक बनाई गजातर्फ लगेकाहरूमा नेपालका विपिन जोशी पनि रहेको जानकारी दिएको छ ।

इसराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आईडीएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको उल्लेख छ ।

गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए। इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो ।

इसराइलस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा आइडिएफका प्रवक्ताले हमासको बन्धकमा हुनेहरूमध्ये विपिन जोशी समेत रहेको दूतावासलाई जानकारी दिएको हो ।