चर्चित गायिका ओलीलाई मातृशोक

काठमाडौं । चर्चित गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृशोक परेको छ।

ओलीकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको ‘मलमलकिरी जुनकिरी’ नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो।

दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन्।

उनका श्रीमान, दुई छोरा र दुई छोरी छन्।