लागु औषध कारोबारीलाई पक्रिन प्रहरीद्वारा गोली प्रहार

काठमाडौं । काठमाडाैंको गोठाटारमा प्रहरीले गोली चलाएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।

भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको एसपी रबिन्द्र रेग्मीले जानकारी दिए ।

उनकाे  साथबाट लागूऔषध तथा पेस्तोल पनि बरामद गरिएकाे छ ।

करिमकाे दाहिने दिघ्रामा गोलि लागेको छ। उनलाई उपचारका लागि प्रहरीले तीनकुनेस्थित कान्तिपुर अस्पताल लगेको प्रहरीले जनाएकाे छ।